१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताएका छन् ।

शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गदै उनले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मकरुपमा जान जरुरी रहेको बताए ।

सामान्यरुपले गएर नहुने भन्दै दाहालले भने, ‘हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।’ विगतमा झैँ आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि उनले गरे। विगतमा परिवर्तनका लागि मिलेर लडेको स्मरण गर्दै उनले समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।’

पार्टीको बैठक महत्वपूर्णरुपमा चलिरहेको भन्दै उनले बाहिर थुप्रै तितामीठा गरी आए पनि बैठकभित्र सौहार्दपूर्ण र खुलेर छलफल भइरहेको बताए। उनले भने, ‘यो बैठकबाट उचित निष्कर्षसहित देशमा नयाँ अभियान लिएर हामी आउँदैछौँ ।’

सरकारले सामुदायिक विद्यालयको गुणस्तरवृद्धिका लागि काम गरिरहेको भन्दै उनले विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् रोजगार पैदा गर्ने खालको शिक्षा होस् भनेर लागिरहेको बताए । अध्यक्ष दाहालले थपे, ‘प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ ।’

सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालय फस्टाउँदै जाने एउटा रोग जस्तो नेपालमा लागेको भन्दै उनले पछिल्ला वर्षमा सामुदायिक विद्यालय खरो प्रतिस्पर्धामा उत्रिएको बताए ।

आफू निर्वाचित क्षेत्र रहेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष दाहालले आउँदो ४ वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोलाई धुलोमैलो हुन नदिने बताए । आफूलाई चितवन केन्द्रित हुन्छ भन्ने पार्टीभित्र आरोप लाग्ने गरेको भन्दै उनले भरतपुर महानगरले नमूनायोग्य काम गरिरहेकाले आफूलाई पनि सजिलो परेको बताए ।

देशभरिले भरतपुर महानगरतिर आँखा लगाएर हेरेको भन्दै उनले जनताका पक्षमा निस्वार्थरुपमा काम भएको महानगरका रुपमा सिङ्गो देशले प्रेरणा लिएको बताए । उनले भने, ‘प्रमुखको नेतृत्वमा जसरी अहोरात्र खटेर नमूना बनाउने काम भएको छ । देशभरिले महानगरतिर आँखा लगाएर हेरेका छन् ।’

कार्यक्रममा प्रमुख वाचक बालकृष्ण अर्याल, भरतपुर महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिविलास कोइराला, महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालयका अध्यक्ष विष्णुप्रसाद तिवारी, प्रधानाध्यापक दीपेश पौडेल, प्रवक्ता भागिरथ तिमिल्सिनालगायतले बोलेका थिए । महायज्ञ पुस १३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस