१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानीको नामाकरण र स्थानको टुङ्गो लगाउन ढिलाइ हुँदा जनप्रतिनिधिका कामप्रति जनतामा आशङ्का बढेको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राजधानीको टुङ्गो लगाउन बनेको समितिलाई अविश्वास सिर्जना गरेर काममा ढिलाइ गर्न नहुने बताए । ‘समितिको विषयमा विवाद गर्न हुन्न, समितिलाई काम गर्न दिउँ,’ उनले भने ।

अर्का प्रदेशसभा सदस्य रमा घर्तीले राजनीतिक सहमतिका आधारमा राजधानीको नामाकरण र स्थान तय गर्नुपर्ने बताए । उनले समितिलाई विवादरहित ढङ्गले काम गर्न दिनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य भगवती गिरी भण्डारीले संसदीय समितिमा सबै सदस्यको प्रतिनिधित्व सम्भव नभएको बताए । अर्का सदस्य कमलराज श्रेष्ठले सदस्य थप गर्न नियमावलीले नमिल्ने बताए । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य विष्णु पन्थी, दिपेश थारु, निर्मला क्षेत्रीलगायतले प्रदेशलाई समृद्ध बनाउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

प्रदेशको नामाकरण र स्थानको टुङ्गो लगाउन दिपेन्द्र पुन मगरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा अर्घाखाँचीका ३, पाल्पा, बर्दिया, कपिलवस्तु र रुपन्देहीका दुई/दुई तथा प्युठान, दाङ, गुल्मी र रोल्पाका १/१ जना प्रदेशसभा सदस्य सदस्यका रुपमा रहेका छन् ।

यस्तै आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नं ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश नं ५ प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस