२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गरेकी छन् ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गरे
उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताए ।

‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’उनले भने, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं ।’अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राखे ।

‘दुई देशबीच रेलमार्ग विकास गर्ने योजनामा चीनको साथ र तत्परताको प्रशंसा गर्दछु,’ उनले भने, ‘केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग, आर्थिक रुपले निकै महत्वपूर्ण कोरला नाका लगायत अन्य थुप्रै नाका छिट्टै खुल्नेमा आशावादी छौं ।’नेपालको संघीय संसदमा प्रतिनिधिसभाका सदस्य सुभाषचन्द्र नेम्बाङको संयोजकत्वमा नेपाल–चीन मैत्री समूह गठन भएको जानकारी गराउँदै उनले यसले दुई देशका संसदबीचको सम्बन्ध तथा अभ्यासलाई मजबुद बनाउने विश्वास व्यक्त गरे ।

भेटका नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगढ हुने विश्वास व्यक्त गरिन् ।उनीले वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को उद्देश्य चीनसँगै छिमेकी राष्ट्रको विकासमा केन्द्रीत रहेको उल्लेख गर्दै नेपाल यसको महत्वपूर्ण साझेदार मुलुक भएकाले यसबाट अधिकतम फाइदा लिनुपर्नेमा जोड दिइन् ।

‘बीआरआई दिर्घकालिन सहकार्य हो । यसमा सहकार्य गर्दा साना र सजिला परियोजनाबाट कार्यक्रमको सुरुवात गर्नुपर्छ,’ उनले भनिन् ‘नेपालमा रेलमार्ग, उत्तरी सिमा नाका खोल्न चीन सकारात्मक छ । यसले दुई देशबीचका आर्थिक गतिविधि बढाउँछ ।’ उनले आफ्नो कार्यकालमा चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका लागि कूटनीतिक पहल गर्ने बताइन् ।