९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ को राजधानी जचुकालिमै रहने : नेता निधि

अ+ अ-

गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनमा नेका नेता निधिले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश नं २ को राजधानी जनकपुर नै रहने ठोकुवा गरे ।

उनले प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुने बताए । साथै उनले प्रदेश नं २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।

उनले प्रदेश नं २ को राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको बताउदै काङ्ग्रेसले त्यो कुनै पनि हालतमा हुन नदिने चेतावनी दिए । उनले त्यस्तो गर्न आउने नेकपाका नेतामाथि काङ्ग्रेसका नेता कार्यकर्तालाई पहरेदारी गर्न सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस