२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

अ+ अ-

लहान । सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् ।

गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता पाएयता अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन नसकेको ज्येष्ठ नागरिक देवनाथ यादव बताउछन् ।

आर्थिक वर्ष २०७४/०७५ को तेस्रो किस्ता र चालू आर्थिक वर्ष दुई किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । ‘सामाजिक सुरक्षा भत्ताकै रकमबाट औषधोपचार गराइरहेको थिए’, स्थानीयवासी ८१ वर्षीय रामेश्वर यादवले भने, ‘श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउन समेत समस्या भएको छ ।’ भत्ताबापतको रकमका लागि पटकपटक वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको यादवको गुनासो छ ।

जाडो मौसममा लगाउने कपडा छैन कसरी बाच्ने रु प्रश्न तेर्साउँदै स्थानीयवासी सुखलाही यादवले भने, ‘भत्ता लिन गाउँपालिका र वडा कार्यालय दिनानुदिन चहार्दै आए पनि कहीं कतैबाट सुनुवाइ भएको छैन ।’वडाका ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पाउन नसकेको विषयमा गाउँपालिकाका अध्यक्षलाई पटकपटक जानकारी गराउँदासमेत गाउँपालिकाले समयमा निकासा नदिएकाले वितरण गर्न नसकिएको वडाध्यक्ष रामऔतार यादव बताउछन् । वडा कार्यालयमा वडासचिव समेत लामो समयदेखि नहुँदा काम गर्न कठिनाइ भइरहेको वडाध्यक्षको भनाइ छ ।

सो वडाका कति जना ज्येष्ठ नागरिक तथा एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता पाइरहेको छ, त्यसको वास्तविक तथ्याङ्कसमेत वडा कार्यालयसँग छैन ।

यता नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवले गाउँपालिकाको चार वटा वडामा निष्पक्ष तरिकाले सामाजिक सुरक्षाभत्ता वितरण भइसके पनि वडा नम्बर १ मा मात्र वितरण हुन नसक्नुको कारण खोजिरहेको बताए । यसबारे आफू गम्भीर रहेको र छिट्टै सामाजिक सरक्षा भत्ता वितरणको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष यादवको कथन छ ।