२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ल्होछारको बिदा कटौती फिर्ता लिन माग

अ+ अ-

काठमाडौं । तामाङ जातिको सांस्कृतिक पर्व सोनाम ल्होछारमा सार्वजनिक बिदा दिन माग गरिएको छ ।

विगत वर्षमा दिइएको सार्वजनिक बिदा यस पटक कटौती गरी पर्वलाई मान्यता नदिएको भन्दै २८५५औँ सोनाम ल्होछार तथा तामाङ सांस्कृतिक महोत्सवका वक्ता विभिन्न राजनीतिक दलका नेताले आगामी वर्षदेखि सार्वजनिक बिदा दिने गरी निर्णय गर्न माग गरे। पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सबै जातजातिको पर्वमा बिदा दिइनुपर्ने बताए ।

आफ्नो दलको सरकार भएका बेला दिइएको बिदा वर्तमान सरकारले कटौती गरेकामा उनले आपत्ति जनाए । सरकारको एकवर्षे कार्यकालमा भ्रष्टाचार र महँगी बढेको नेता श्रेष्ठको आरोप थियो ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङले नेपालमा मनाइने सबै पर्व राष्ट्रिय भएकाले सार्वजनिक बिदा दिनुपर्ने बताए । आगामी वर्षको ल्होछारमा बिदा दिने निर्णय आफ्नो दलले गर्ने उनको भनाइ थियो । ‘सार्वजनिक पदमा बस्ने जति सबैले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भनेकै कारण मलाई मन्त्री पदबाट हटाइयो, २०६९ सालमा सम्पन्न नेकपा एमालेको राष्ट्रिय परिषद् बैठकले प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ–वाग्मती राख्ने निर्णय गरेको छ, त्यसै अनुसार प्रदेशको नामकरण हुन्छ,’ उनले भने ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय संसद्मा हिउँदे अधिवेशनको पहिलो दिन नै आफूले बोल्दा ल्होछारलगायत जनजातिका पर्व कटौती गरेकामा विरोध जनाउँदै सच्याउन माग गरेको सुनाए । संविधानमा संशोधन नगरे फोरम सरकारबाट बाहिरिने उनले घोषणा गरे ।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जातजातिका पर्वको बिदा काटेर राष्ट्रिय मान्यता नदिइएकामा आपत्ति जनाउँदै संस्कृतिको रक्षा नगरे देशको अस्तित्व खतरामा पर्ने बताए । विसं २०६४ फागुन १६ गते मधेशवादी र १८ गते तामाङ समुदायसँग सरकारले गरेको पहिचानसहितको संघीयताको सम्झौता कार्यान्वय गर्न उनले स्मरण गराए ।

पूर्वमन्त्री सूर्यमान दोङले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङ राखी १३ वटै जिल्लाका बीच हुने गरी राजधानी तोक्न माग गरे । सो अवसरमा जनजाति महासंघका अध्यक्ष जगत बराम, आयोजक समितिका अध्यक्ष मोहन गोलेलगायतले ल्होछारको बिदा कटौती गर्दा तामाङ समुदायमा सरकारप्रति नकारात्मक धारणा बनेकाले सच्याउन माग गरे । सो अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।