२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रम्भा गाउँपालिकाले बालविवाह गर्नेलाई सेवासुविधा नदिने

अ+ अ-

रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताए ।

सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । बाक्लो मगर बस्ती रहेको रम्भा गाउँपालिकाका वडा नं २ फोक्सिङ्कोट र ३ को पीपलडाँडामा बालविवाह गर्नेहरु बढिरहेको गाउँपालिकाले जनाएको छ ।

कम उमेरमै विवाह गर्दा र कम उमेरमा शिशु जन्माउँदा विशेष गरी शिशु र आमाको स्वास्थ्य अवस्था कमजोर हुने र कतिपय अवस्थामा शिशु र आमाको ज्यानैसमेत जान सक्नेतर्फ गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

गाउँपालिकाभित्र अहिले विशेष गरी १४ देखि १७ वर्ष उमेर समूहमै बिहे गर्नेहरु बढेकालुे गाउँपालिकाले बालविवाह रोक्ने पहल गरेको हो । गाउँपालिकाले कम उमेरमा विवाह गर्नेलाई विवाह दर्तासमेत रोकेको छ ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले विवाह दर्ता गर्न आउने युवती तथा युवकलाई छुट्टयाइदिएर उमेर पुगेपछि विवाह गर्न सल्लाहसमेत दिई पठाउने गरिएको जानकारी दिए ।

बालविवाहमुक्त वडासँगै छुवाछूतमुक्त वडाका बनाउनका लागि कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका लागि रु चार लाख रुपैँय विनियोजन गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।