२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै कर्मचारी

अ+ अ-

डोटी । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहुँदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।

दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भए पनि अन्य वडामा भवन नहुँदा कर्मचारीले भाडाका घरमा कार्यालय राखेर कामकाज गर्दै आएका छन् । गाउँपालिकाले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए। उनले भने, “भवन बनाउने निर्णय त गरेका छौँ, सबैलाई पायक पर्ने ठाउँमा जमीन नपाउँदा समस्या भएको छ ।”

जिल्लाका सायल, आदर्श, पूर्वीण्चौकी र बडीकेदार गाउँपालिकाले अहिलेसम्म आफ्नो भवन बनाउन सकेका छैनन् भने बोगटान, जोरायल तथा केआइसिंह गाउँपालिकाले तत्कालीन गाउँ विकास समितिकै भवनमा कामकाज चलाउँदै आएका छन् । गाउँपालिका सञ्चालनका लागि ती भवनमा पर्याप्त मात्रामा कोठा नहुँदा कामकाजमा समस्या हुने गरेको जोरायल गाउँपालिका कार्यकारी प्रमुख समिर भण्डारीले बताए । उनले भने, “भवन सानो छ, कोठा पर्याप्त नहुँदा कठिनाइ भएको छ ।” यहाँका कतिपय स्थानीय तहका भवन काहाँ राख्ने भन्ने विषयमा स्थानीयवासीबीच विवाद हुँदा भवन निर्माण गर्न समस्या भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए।

सवारीसाधन दर्ता नविकरण दिपायलबाट

सवारीसाधन दर्ता नवीकरण अब पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरबाट हुने भएको छ । करीब डेढ महीना पहिलेदेखि सवारीसाधन चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नवीकरण सेवा शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय दिपायल राजपुरले सोमबारदेखि सवारी दर्ता किताव (ब्लुबुक) नवीकरण सेवा पनि शुरु गरेको हो । कार्यालय प्रमुख धु्रव दयालका अनुसार ब्लुबुक नवीकरण गर्न अब कैलाली जानुपर्ने छैन ।

यातायात व्यवस्था सेवा कार्यालय दिपायल, राजपुरबाट सवारी चालक अनुमतिपत्र नवीकरण, ब्लुबुक नवीकरण, अस्थायी बाटो निर्धारण, यातायात क्षेत्रमा अनुगमनलगायत काम हुनेछन् । दिपायलको राजपुरमा जेठ महीनासम्ममा लाइसेन्सका लागि ट्रायल सेन्टर निर्माण गरी आगामी असारदेखि नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिनेछ । कर्मचारी अभावमा सवारीसाधन जाँचको काम गर्न नसकिएको दयालले बताए ।