२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरोजगारमूलक सञ्चारमाध्यमको गुनासोप्रति महासंघद्धारा ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ को व्यवस्था तीन जना पूर्णकालीन नरहेका र श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने स्वरोजगारमूलक सञ्चारमाध्यमलाई लागू गराउन खोजिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आज एक विज्ञप्तिमार्फत सो परिपत्र स्वरोजगारमूलक मिडियाका हकमा लागू हुन नसक्ने जनाउँदै यसले स्वरोजगारमूलक मिडिया सञ्चालनमा गम्भीर आघात पुग्ने निस्कर्ष निकालेको छ ।

तीन जना श्रमजीवी पूर्णकालीन नभएको सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने तथा लगानी र वितरण संस्थालगायतका आधारमा साना र स्वरोजगारमूलक सञ्चारमाध्यममा ऐनको प्रावधानसमेत लागू नहुने गरी तोक्न सकिने प्रावधान श्रमजीवी पत्रकार ऐन २०५१ मा व्यवस्था छ ।

महासंघले ठूला लगानीका सम्पूर्ण सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि ध्यानाकर्षण बुझाउनुका साथै हाल अनुगमन प्रक्रिया जारी राखेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघले समानुपातिक विज्ञापन नीति लागू गराउन, लोककल्याणकारी विज्ञापनमा दोब्बर वृद्धि गर्न तथा गत असोजदेखि रोकिएको लोककल्याणकारी विज्ञापनबापतको भुक्तानी तत्काल उपलब्ध गराउन माग गर्दै आएको छ ।

महासंघले पत्रकारले नै सञ्चालन गरिरहेको स्वरोजगारमूलक मिडियालाई परेको मर्काले साना लगानीबाट सञ्चालित स्वरोजगारमुखी मिडिया निर्वाधरुपमा सञ्चालन हुन पाउनुपर्ने धारणा राखेको छ ।