२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले जहाज पूर्ण क्षमतामा उडाउने

अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो ।

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । निगमका जहाज साच्चिकै ग्राउण्डेड भएका हुन त रु भन्ने रासससँगको जिज्ञासामा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने तयारीमा रहेको जानकारी दिए ।

‘वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाउँछौँ, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौँ’,उनले भने। सहायक प्रवक्ता कोइरालाकाअनुसार निगमका तीन पाइलटमध्ये दुई जनाले बिरामी बिदा लिएको र एक पाइलट प्रोफिसियन्सी चेक (पिपिसी) का लागि बुधबार चीन जानेछ । फर्केपछि आगामी १५ तारिखदेखि वाइ १२ को उडान शुरु गरिनेछ ।

पाइलट अभावले वाई १२ चार वटा जहाज उड्न नसकेको निगमको भनाइ छ । अहिले तीन वटा ट्वीन अटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ । दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्वीन अटर गरी नौ जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन् ।