मोरङ दुहवीभलुव नगरपालिका-९ बस्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-१ बस्ने २२ वर्षीय सलमोदिन मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
को.२ ह २०११ नम्बरको सिटि सफारीका चालक मियाले बालिकालाई फकाई सिटि सफारीमा हाली विराटनगर महानगरपालिका-४ ईकराइस्थित उखुबारीमा लगेर जवरजस्ती करणी गर्न खोज्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले सिटि सफारी सहित मियालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







