२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृृशिशु मृत्युदर घट्यो

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको माघसम्ममा ८४४ सुत्केरीले पाएका छन् ।

साउनदेखि माघसम्ममा रु १९ लाख ८९ हजार सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले जानकारी दिए ।

उनका अनुसार सो सुविधा प्राप्त गर्न उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चारपटक अस्पतालमा गई गर्भ जाँच गराउनुपर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने लगायतका प्रावधान छन् ।

उनले ती सबै प्रक्रिया पूर गरे आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने रु एक हजार ८०० मा उपमहानगरपालिकाले रु तीन हजार २०० थप गरेर प्रति सुत्केरीलाई रु पाँच हजार भत्ता प्रदान गर्ने गरेको बताए ।

उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने सङ्ख्या बढेको पनि डा दाहालले बताए। उनले सुत्केरी भत्ताका कारणले गर्दा पनि महिला नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको बताए । गत आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकाबाट एक हजार ५०५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए ।

दाहालले गत वर्ष एक हजार ५०५ जना सुत्केरीलाई सरकारले प्रदान गर्दै आएको प्रतिसुत्केरी रु ९०० मा रु ४ हजार १०० उपमहानगरपालिकाले थप गरेर रु ५६ लाख भत्ता वितरण गरेको बताए ।

उपमहानगरपालिकाले सो भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा दाहालको भनाइ थियो । डा.दाहालका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २३९ रहेकामा तुलसीपुरको मातृशिशु मृत्युदर ४५ प्रतिशत प्रतिलाख रहेको छ । ‘यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ’, दाहालले भने । तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

उनले कार्यक्रम फलदायी भएको बताउँदै निम्न वर्गका परिवारका लागि पोषिलो खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेकोसमेत बताए । ‘आमा र बच्चाको स्वास्थ्य ठिक होस् भनेर हामीले यस्तो गरेका हौँ’, नगर प्रमुख पाण्डेले भने ।