२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ ।

सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कअनुसार चालू आवको छ महीनामा सुदूरपश्चिमका नौ जिल्लाबाट ३५० उजुरी दर्ता भएका छन् । कूल उजुरीको ३४ प्रतिशत अर्थात् ११३ स्थानीय तहसँग सम्बन्धित छन् । अझ सबैभन्दा बढी कैलालीका स्थानीय तहबाट २८ र कञ्चनपुरबाट १९ मुद्दा दर्ता भएका छन् ।

त्यसपछि क्रमशः दार्चुलाबाट १५, अछामबाट १३, बझाङबाट १२, बैतडीबाट १०, डडेल्धुराबाट सात, बाजुरा दुई र डोटी सात उजुरी दर्ता भएको छ । आयोगका सूचना अधिकारी राजन नेपालले उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिले आफू निकटका व्यक्ति राखेको, गैरकानुनी रूपमा नातागोताका व्यक्तिलाई विभिन्न नियुक्ति दिँदै रोजगारी दिएको, आवश्यकताविना विभिन्न सामग्री खरीद गरेको लगायतका प्रकृतिका उजुरी परेको बताए ।

अघिल्लो आर्थिक वर्षमा ५८८ उजुरी मात्र परेका थिए । स्थानीय तहमा शक्ति र अधिकारको दुरुपयोग गरेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता हुने गरेको अख्तियारको भनाइ छ । यसरी आउने उजुरीलाई नियमित प्रक्रियामार्फत अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ । स्थानीय तहपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित ७०, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित ४८ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित ३५ उजुरी दर्ता भएका छन् । रासस