२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुबोको मालाले बदलियो मीराको जीवन

अ+ अ-

चिप्लेढुङ्गा । कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका हुन्छन् । हरियो दुबोले साँच्चै मीराको जीवनमा बहार ल्याएको छ । यसरी दुबोसँगको सम्बन्ध बढ्नुको पछाडि पनि पक्कै कारण छ ।

पोखराको बैदाममा बस्दै आएकी ४५ वर्षीय मीराले २०६५ सालमा पोखरा उद्योग वाणिज्य सङ्घले दिएको पाँचदिने दुबोको माला बनाउने तालीम लिएपछि दुबोसँगको उनको सम्बन्ध प्रगाढ बनेको हो । आर्थिक पक्षसँग मात्रै होइन उनलाई अझ बढी खुशी र आनन्द त्यतिबेला मिल्यो जब उनको कमजोर आँखा दुबो केलाउँदा र माला बनाउँदै जाँदा तेज हुँदै गए । त्यसपछि दुबो मीराको जीवनमा वरदान नै बन्न पुग्यो ।

“मेरा आँखा निकै कमजोर थिए, हरियो दुबो केलाउँदा आँखाको समस्या हट्दै गयो, झण्डै दुई वर्षदेखि उपचार गर्दा पनि सुधार नभएको आँखा दुबोकै कारणले राम्रोसँग देख्ने भएकी छु”, प्रसन्न मुद्रामा मीराले भनिन्, “दुबोले मेरो जीवनमा खुशीको बहार ल्याएको छ ।”

तालीमले जीवनमा धेरै परिवर्तन ल्याएको उनी बताउँछिन् । “धेरै दिदीबहिनीले तालीम लिएर प्रमाणपत्र राख्ने ठाउँ छैन भनेर भनिरहँदा मेरो जीवनमा त्यो एउटा तालीम नै महत्वपूर्ण बन्यो ।”

साँच्चै तालीम लिनका लागि लिने र तालीमको समापनसँगै हराउनेको भीडमा मीरा एक त्यस्तो उदाहरणीय पात्र हुन् जसले तालीमको भरपुर सदुपयोग गरेर परिवर्तन ल्याएको छ ।

घरको सम्पूर्ण कामको व्यवस्थापन गरेर दुबोको माला बनाएर दिनको रु ५०० देखि दुई हजार ५०० सम्मको आम्दानी गर्छिन् । विवाह, व्रतबन्ध एवं विभिन्न अवसरमा प्रयोग हुने दुबोको मालाको माग झनझन बढ्दो छ । यसले मीरालाई आर्थिकरुपमा सशक्त बनाएको छ । परनिर्भरताबाट मुक्ति मिलेको छ । मीराका श्रीमान् विगत सात वर्षदेखि रोजगारको सिलसिलामा दुबईमा छन् । उनका तीन सन्तान छन् । श्रीमान्को आम्दानीले छोराछोरीको पढाइ खर्चदेखि घर खर्च चलाउनुपर्ने बाध्यतामा अहिले मीराको आम्दानीले पनि सहयोग पुगेको छ । मीराको जेठो छोरा इञ्जिनियरिङ पढ्दैछन् । जेठी छोरी स्नातक अध्ययरत छिन् भने कान्छी छोरीले विज्ञान सङ्कायमा ११ पढ्दैछिन् ।

मीराको कामलाई छोराछोरीले पनि सहयोग गर्दै आएका छन् । पोखरा आसपासका ठाउँमा गएर मीरा दुबो सङ्कलन गर्छिन् । घरमा ल्याएर केलाएर फ्रिज वा पानीमा राख्छिन्, जुन १५ दिनसम्म ताजै रहन्छ । त्यसो त मीराको सीप देखेर गाउँघरतिरबाट आउने साथीभाइ इष्टमित्रले हरियो दुबो बोकेर भेट्न आउने गर्छन् । साथीभाइको सहयोगले पनि मीरालाई निकै ऊर्जा थपेको छ । आजकल पोखरा शहरभित्र दुबो त्यति पाइँदैन । अलि टाढा जानुपर्ने बाध्यता पनि छ । मीरा भन्छिन्, “दुबो पाएसम्म माला बनाइरहनेछु ।”

तालीम लिन र तालीमपछि सीपको सदुपयोग गर्नुस् भनेर बारम्बार झकझकाइरहने महिला उद्यमी हीरा भट्टराईलाई प्रेरणाको स्रोत मान्छिन् उनी । “हीरा दिदीले मलाई यो अवसर र हौसला नदिएको भए म पनि तालीम लिएर प्रमाणपत्र थन्क्याएर मात्रै बस्थेँ होला, मलाई बारम्बार माला बुन्न र सीपलाई सदुपयोग गर्न आग्रह गरिन्, आजको यो सफलताको श्रेय म महिला उद्यमी हीरा भट्टराईलाई दिन चाहन्छु”, मीराले भनिन् ।

उनले आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने भन्दै कतिपय सीपमूलक कार्यले मन शान्ति हुने बताउँछन् । महिलाको श्रमको आर्थिक गणना नभइरहेका बेला फुर्सदको समय सदुपयोग गरेर हुने आम्दानीले सन्तुष्ट प्राप्त हुने उनको भनाइ छ ।