२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

अ+ अ-

दैलेख । परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ । परम्परागत रुपमा अल्लोको सङ्कलन तथा प्रशोधनको काम हुँदै आएकामा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ ।

स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएका छन् । आधुनिक मेशिनले रेसा, धागो, भुवा, छुट्टाछुट्टै निकाल्ने भएकाले स्थानीयस्तरको कच्चा पदार्थबाट उद्यमीले बढी आम्दानी लिन सकिने खड्काले बताए । उनका अनुसार एक महीनाभित्र मेशिन सञ्चालनमा आउनेछ ।

जिलामा अल्लो व्यवसाय गर्ने साना उद्यमीको सङ्ख्या करीब ४५० रहेको छ । यीमध्ये करीब ३०० उद्यमी नौमूले गाउँपालिकामा रहेको बताइएको छ ।

उच्च भूभाग गरीबी धेरै भएका कारण यहाँका बासिन्दा जङ्गलमा खेर गएको अल्लो घरमा ल्याउने, परम्परागत शैलीमा प्रशोधन गर्ने र सस्तो मूल्यमा अल्लोको धागो बिक्री गर्ने बाध्यतामा छन् । स्थानीय सरकार र राज्यले अल्लो प्रशोधनका लागि अहिलेसम्म लगानी गर्न नसकेको स्थानीय उद्यमीले गुनासो गरेका छन् ।

प्रन्ध वर्षदेखि अल्लो काट्ने, चुट्ने, सुकाउने अनि अल्लोको धागो निर्माण गर्दै आएकी नौमूलेकी ६५ वर्षीया बमकला योगी यसको आम्दानीले दुई छाक हातमुख जोर्न धौधौ भएको बताउछिन्। जङ्गलमा गाईभैँसी चराउन जाँदासमेत बमकला जस्ता अधिकांश महिला र पुरुषले अल्लोको धागो बुन्ने काम गर्दछन् ।

स्थानीय हरिमाया मगरले अल्लोको धागो निर्माण गरेर महीनामा रु ४ हजारसम्म कमाउने गरेको बताउछिन् । पचपन्न वर्षीया हरिमाया गाउँघरमा गर्ने अन्य काम नभएकाले यसैलाई२÷४ पैसा आम्दानीको बाटो बनाएको बताइन् । धागो बनाउने मेशिन भएका परिवारले घरमै धागो काट्न थालेपछि अहिले अल्लो धेरैजनाको आम्दानीको स्रोत बनेको छ ।

अल्लो प्रशस्त हुने नौमूले गाउँपालिकाका यस्ता ठाउँमा यसको सदुपयोग निकै कम मात्रामा हुने गरेको छ । गरीबी छेक्नलाई मात्र अहिले अल्लो धागो बुन्ने गरिएको बमकलाले बताउछिन् । आधुनिक प्रशोधन भए गाउँमै राम्रो आम्दानी हुने योगीको भनाइ छ ।

गरीबी धेरै भएका दुर्गम बस्तीका बासिन्दाको लागि धागो बिक्री गरेर थोरै भए पनि आम्दानी हुने र नून तेल खरीद गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । अल्लोको धागो प्रतिकेजी ५०० मा घरबाटै बिक्री हुने गर्दछ ।

अल्लोबाट, पाखी, कोटलगायतका विभिन्न सामग्री निर्माण हुने र महँगोमा बिक्री हुने गर्दछ । दैलेखका द्धारी, कालिका, बालुवाटार, भवानी, तोलीलगायतका जङ्गलमा हरेक वर्ष उम्रने अनि प्रयोगमा नआएर जङ्गलमै अल्लो सड्ने गर्दछ ।

प्राकृतिक स्रोतको रुपमा स्थानीयस्तरमा उपलब्ध अल्लो प्रशोधन कार्यलाई राज्यले व्यावसायिक रुपमा विकास गर्नसके बाहिरबाट लत्ताकपडा किन्न नपर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना हुने जिल्ला लघु उद्यमी संघका अध्यक्ष एवं दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउछन् ।

उनी भन्छन्, ‘अहिले सामान्य आम्दानीका लागि केवल धागो मात्र बनाउने काम उद्यमीले गरेका छन् । यसबाट मनग्य आम्दानी नभए पनि गरीबी न्यूनीकरणमा केही योगदान पुगेको छ ।’