१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घिमिरे सचिवमा बढुवासँगै रक्षामा पदस्थापन, गृहसचिवमा शर्मा

अ+ अ-

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको छ।

आज(शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ। सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्।

यसैगरी, सरकारले रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ। शर्मालाई गृह मन्त्रालयमा सरुवा गरेसँगै रिक्त भएको रक्षा सचिवमा नवनियुक्त सचिव घिमिरेलाई पदस्थापन गरिएको हो।

हालका गृह सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा सरकारले नयाँ गृह सचिवका रूपमा केदारनाथ शर्मालाई ल्याएको हो।

सचिवमा बढुवा भएलगत्तै पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी पाउने अवसर घिमिरेले पाएकी छन्। सामान्यतया: सचिवमा बढुवा भएकालाई प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने र प्रदेशमा निश्चित अवधि पूरा गरेकालाई संघमा ल्याउने अभ्यास रहँदै आएको भए पनि पछिल्लो समय उक्त अभ्यास क्रमश: तोडिँदै गएको छ।

यसअघि नै सचिव व्यवस्थापनका क्रममा वरिष्ठ सचिवहरूलाई प्रदेशतर्फ सरुवा गर्दै कर्णालीसम्मै पठाईसकिएका उदाहरण छन्।

0 Comments