१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढीपीडितका लागि १० करोड सहयोग

अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग प्रदान गर्ने भएको छ ।

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सो सहयोग उपलब्ध गराइएको हो ।

त्यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका  तर्फबाट पनि सबैको एक दिनको तलब बराबरको रकम उपलब्ध गराउने निर्णय भएको ग्रुपले जनाएको छ ।

यसै अवसरमा सहयोग स्वरूप भन्दै आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन नि:शुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको तथा खल्ती आइएमई मोबाइल वालेटमार्फतसमेत सरकारको कोषमा सिधै रकम नि:शुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । सो समूहले आग प्रकाशन गरेको विज्ञप्तिमा आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत गरेको छ ।

आइएमई ग्रुपले अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेहरूको उपचार, प्रभावितका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

सो समूहले देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

0 Comments