काठमाडौँ । समायोजन कार्यलाई तीव्रता दिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज दुई हजार एक सय ८१ जना लेखापालको समायोजन गर्दै छ ।
उच्च स्रोतबाट प्रशासनलाई प्राप्त जानकारीअनुसार तयारी अवस्थामा रहेको लेखापालको सूची केही बेरमा निर्णय हुने र आजै राति सार्वजनिक गरिँदै छ ।
सरकारले सोमबार साँझसम्म सचिव, सहसचिव, उपसचिव, अधिकृत, नासु र खरिदार गरी १८ हजार चार सय २४ जना कर्मचारीको समायोजन गरी सकेको छ । जसमा सङ्घमा १२ हजार सात सय ८६, प्रदेशमा दुई हजार चार सय ४८ र स्थानीय तहमा तीन हजार एक सय ९० जनाले रोजेका छन् ।







