बीरगंज । ६९ औं प्रजातन्त्र दिवस एवम् पुर्व वडा महारानी कोमल शाह सरकारको ६९ औ जन्मोत्सव आज एक कार्यक्रमका बिच मनाईएको छ ।
बीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा २५ जना बिपन्न परिवारका महिलाहरुलाई साडी तथा फलफुल बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी उषा शाहले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै शाहले अहिलेको समयमा राष्ट्रका सम्पूर्ण महिला एक जुट हुने बेला आएको छ ।
जब सम्म हामी एक जुट हुदैनौ तब सम्म महिला सोसन, महिलाको अधिकार पाउन नसक्ने भन्दै बलात्कार, बालबिवाह, दाईजो प्रथा उन्मुलन हुन नसक्ने बताए ।
कार्यक्रममा जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, राष्ट्रिय नागरिक संघर्ष समितीका केन्द्रिय सचिव हिराबहादुर चन्द, राष्ट्रिय नागरिक संघर्ष समिती पर्साका अध्यक्ष दिनानाथ यादव, राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद अब्दुल सतार अंसारी, बिद्धवत परिषद नेपालका केन्द्रिय सदस्य अध्यानन्द प्रसाद कलवार, जिल्ला अध्यक्ष रामायण साह कानु, पत्रकार प्रणय कुमार, महेशचन्द्र गौतम, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, जिल्ला अध्यक्ष सुनिल यादव, नगरअध्यक्ष उपेन्द्र बरई लगायतले महिलाहरुलाई साडी तथा फलफुल बितरण गरेका थिए ।
राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलले कार्यक्रमका प्रमुख अतिथी समाजसेवी उषा शाहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महेशचन्द्र गौतमले गरेका थिए । भने सहजीकरण अरुणबिक्रम शाहले गरेका थिए ।











