२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्सुलर सेवा अब मोबाइल एपमा

अ+ अ-

काठमाडौं । कन्सुलर सेवा विभागको ‘नेपाल कन्सुलर मोबाइल एप’ मार्फत अब सेवाग्राहीले सेवा पाउने भएका छन् ।

भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम भएको बताए ।

सरकारले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न प्रयत्न गरेको भन्दै भन्नेबित्तिकै कुनै पनि कुरामा परिवर्तन नहुने उनको भनाइ थियो । आन्तरिक स्रोत र साधनको परिचालन गरी सरकारले देशलाई समृद्धिको बाटोतर्फ दोहो¥याइरहेको मन्त्री ज्ञवालीले बताए ।

अहिले सरकारी सेवामा पनि डिजिटल प्रविधि भित्रिएर सेवा बिस्तार हुँदै जाँदा नेपालले नयाँ फड्को मारिरहेको परराष्ट्र सचिव शङ्करदास बैरागीले बताए । विभागको डिजिटल सेवाबाट जनताले सहज सेवा पाउन सक्ने उनको भनाइ थियो ।

दुर्गम क्षेत्रका जनतालाई काठमाडौँसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन विभागले नयाँ एप्सलाई सञ्चालनमा ल्याएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको निवेदन समेत उनीहरुका परिवारले तत्काल विभागमा जानकारी गराउन सक्ने उनले बताए ।

नयाँ एप्समार्फत वैदेशिक रोजगारीमा गएर समस्यामा परेका कामदारले तत्काल त्यसबारे जानकारी विभागमा गराउन सक्नेछन् भने उक्त एप्स एन्ड्रोयड मोबाइलमार्फत विभागको नेपाल कन्सुलरको पेजमा गएर डाउनलोड गर्न सक्नेछन् ।