२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँद्वारा मातृभाषा दिवस–२०१९ का अवसरमा आज आयोजित मातृभाषा र साहित्य विचार गोष्ठीमा मन्त्री अधिकारीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिए।

उनले भने, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैं टिकाउ हुन सक्दैन । यसका लागि लिपिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले मातृ भाषाको जग बलियो भएमात्र अन्य भाषा बलियो हुने बताए। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जातीय पहिचान मातृभाषाका माध्यमबाट हुनुपर्छ भने ।

सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले व्यक्तिले जन्म लिँदा आमाको काखमा सिक्ने भाषा नै मातृभाषा भएको बताए । उनका अनुसार कुनै पनि व्यक्तिलाई आफनो घर, परिवार र समुदाय प्यारो लागे जस्तै हरेक व्यक्तिलाई मातृभाषाको महत्व हुन्छ ।

प्राज्ञ डा.योगेन्द्रप्रसाद यादवले नेपालमा चार प्रतिशत मानिसले मात्र मातृभाषाको प्रयोग गरेको बताउँदै नेपालका धेरै मातृभाषा लोप हुन लागेकाले यसबारे अभिमुखीकरण गर्नुपर्ने तथा घर र विद्यालयमा एकै भाषा प्रयोग हुनुपर्ने बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्स्ले घरको भाषा र विद्यालयको भाषा एउटै भए बालबालिकालाई सिक्न सजिलो हुने बताए। युनेस्को काठमाडौँका प्रमुख क्रिष्टियन म्यान हार्टले मातृभाषाकै जगबाट शिक्षाको प्रारम्भ हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा विद्वान तथा विदुषीबाट कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा कान्छी महर्जनले मातृभाषामा गीत, गजल, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, समालोचना, खण्डकाव्यलगायत साहित्यिक विधामा महिलाको उपस्थिति हुनुपर्ने बताए ।

त्यस्तै मातृभाषा शिक्षा अबको बाटो कार्यपत्र प्रस्तुत गर्दै अमृत योञ्जन तामाङले संघ, प्रदेश, पालिका तथा वडा तहमा समेत मातृभाषाको शिक्षा परिचालनका लागि र बालबालिकालाई शिक्षामा गुणात्मक शिक्षा प्रदान गर्नका लागि स्थानीय तहमा नै मातृभाषी समुदायलाई मातृभाषाप्रति सचेत गराउनुपर्नेमा जोड दिए ।