९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाइँसराइले टोकरी गाउँ नै रित्तियो

अ+ अ-

गलकोट । बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ ९साविक मल्म गाविस– ९० स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ ।

गाउँको खेतीयोग्य अधिकांश भूमि बाँझो छ भने पाखापखेरा रुख बिरुवाले भरिएका छन् । गाउँनै सुनसान छ । गाउँमा अहिले वृद्धवृद्धा तथा बालबालिका पनि न्यून मात्रमा देखिन्छन् ।

टोकरीका स्थानीयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसराइ गर्दा गाउँनै रित्तिएको स्थानीयहरूले बताएका छन् । चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र स्थानीय बसोबास गर्दै आएका र बाँकी घर खण्डहर जस्तै भएको स्थानीय गङ्गाबहादुर थापाले बताए ।

‘बसाइँसराइले गाउँनै खाली हुन लाग्यो, मर्दा पर्दा अगाडि सरेर काम गर्ने कोही छैनन्’, थापाले भने, ‘मर्दा शव उठाउने युवाहरू समेत नहुँदा महिलाहरूले शव बोक्नुपर्ने अवस्था छ ।’

टोकरीका अधिकांश युवाहरू जापानलगायतका मुलुकमा जाने र शहर बजारमा घर खरीद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीयबासिन्दा नगरपालिकाको केन्द्र रहेकोे हटिया, जिल्ला सदरमुकाम बागलुङ, पोखरा, काठमाडौं, बुटवल, चितवनलगायतका क्षेत्रहरुमा बसाइँसराइ गर्ने गरेका छन् ।

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढेपनि कानूनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । ‘कानूनी प्रक्रियाका लागि देशको जुनसुकै स्थानमा गए पनि वडामा आउने गरेका छन्’, उनले भने, ‘ठेगाना स्थानीय भए पनि गाउँमा बस्ने न्यून छन् ।’ अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करीब ६० जना रहेको स्थानीय विष्णु थापाले बताए ।

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्य छ । स्कुले विद्यार्थीहरु शहर बजार र युवायुवतीहरु विदेश गएका कारण गाउँमा सामाजिक काम गर्नसमेत मुस्किल परेको थापाले बताए । सबैले गाउँ छाडेर जान थालेपछि गाउँका खेतीयोग्य जमीन बाँझो रहेको छ भने घाँसपात गर्ने पाखापखेरा झाडीमा परिणत भएका छन् ।

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेकोे देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले बताए ।

गाउँमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहर बजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँ मध्येमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस