८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

अ+ अ-

रसुवा । राजमार्ग निर्माण भएको ११ महिना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त राजमार्गको सडक नेपाली सेनाद्वारा सरकारले तोकेको २० महिनाको समयावधिभित्रै २०७५ साल वैशाख ६ गते एक विशेष कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको थियो ।

तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशूली नदी किनारको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढी रहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोद देवकोटाले जानकारी दिए ।

पहिरोले सडकमा ल्याएको ढुङ्गा फुटाउन एउटा ढुङ्गामा ३० वटाभन्दा बढी प्वाल पारेर राखिएको छ ।

मङ्गलबारदेखि नेपाली सेनाबाट हुने विष्फोटनपछि मैलुङ–स्याफ्रुबेँसी खण्डको सडक फागुन महीना भर सिङ्गल लेनको ट्रक खुलाउने लक्ष्य लिइएको समेत प्रमुख देवकोटाले जानकारी दिए ।

गल्छीदेखि त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँयीतर्फको सञ्चालित १०५ किमी राजमार्गभन्दा गल्छी, त्रिशूली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र धुम्तीमोड कमी भएका कारण सवारीसाधन गुडाउन सहज भएकाले छिटोभन्दा छिटो मैलुङतर्फको राजमार्ग सञ्चालन गरी दिन नेपाल–केरूङ ओहरदोहोर गर्ने मालवाहक सवारी साधनका चालकले आग्रह गरेका छन् । रासस