११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान

अ+ अ-

पर्वत । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो ।

दलबहादुरका छोरा मीनबहादुरले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता लिएपछि पुनः जिल्ला प्रशासन कार्यालय पर्वतबाट झुट्टा विवरण लेखाई सुजन थापा नाम राखेर दोस्रो नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्वतबाट २०६३ जेठ ३ मा जारी भएको सुजन थापा नामको नागरिकताको प्रमाणपत्रसहित निज मीनबहादुर कुमाललाई २०७४ माघ १३ मा पर्वत प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो ।

उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा निज कुमालले आफूले झुट्टा विवरण पेश गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य आरोपी मीनबहादुर कुमाललाई एक वर्ष दुई महीना कैद सजायसँगै २० हजार जरिवाना सजाय सुनाएको छ भने उनका बाबु दलबहादुरलाई एक वर्ष कैद सजायसँगै २० हजार जरिवाना र नागरिकता प्रमाणपत्र बनाउनका लागि सिफारिश गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई १५ हजार जरिवानाको फैसला सुनाएको छ ।

सोही घटनामा संलग्न रहेको आरोपमा पर्वत जिल्ला अदालतबाट मुद्दा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुङ्गाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई अदालतले सफाइ दिएको छ । घटनाका आरोपित मीनबहादुर र दलबहादुर यसअघि नै कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी निवृत्त भएका छन् । फाँटवाला लामिछानेको एक वर्षअघि नै मृत्यु भइसकेको थियो ।

यौन दुर्व्यवहारका अभियुक्तलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन् । पर्वत जिल्ला अदालतको आइतबारको फैसलाले एक वर्ष छ महीना कैद र १५ हजार क्षतिपूर्तिसहित १५ हजार जरिवानाको सजाय सुनाएको छ । अभियुक्त नेपालीले १३ वर्षीया बालिकालाई मङ्सिर २६ गते ललाइफकाइ गरी करणी प्रयास गरेको आरोपमा पुस २ गते पर्वत जिल्ला अदालतमा यौनजन्य अपराध शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाइ उनले करणीसम्बन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नेपालीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित बालिकाको पुस १ गते जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा स्वास्थ्य परीक्षण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस