काठमाडौं । महानगरीय प्रहरी वृत्त किर्तिपुरले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही फागुन २६ गते १७:३० बजे दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट पर्साका ईश्वर उदासलाई पक्राउ गरेको छ । संकास्पद अवस्थामा हिडिरहेका उदासलाई चेकजाँच गर्दा निजको साथबाट अबैध लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी १ सय ३५ एम्पुल बरामद गरेको छ ।
उदासलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरीरहेको छ । यसै गरी महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
यही फागुन २७ गते बिहान ०९:३० बजे नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको ना. ८ ख .१४४४ नम्बरको यात्रुवहाक बसलाई नागढुगा चेक प्वाईन्टमा चेकजाँच गर्दा बसमा सवार जुम्ला कनका सुन्दरी गाँउपालिका-२ का शैलेन्द्र राउतको साथबाट लागुऔषध नाईट्राभेट ३० ट्याब्लेट बरामद गरी आबश्यक अनुसन्धान भईरहेको छ ।