१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्यो कविता र स्वर मेरो हैन : विद्या भट्टराई

अ+ अ-

चिप्लेढुङ्गा । तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गरेकी छन् ।

‘एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो’, उनले भनिन्।

‘भेट्न आउनेहरुले कविता(आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र…)को कुरा गर्नुहुन्थ्यो ।

म छक्क पर्थेँ, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिन । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ रु जवाफ दिने अवस्थामा पनि थिइन । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरेँ, पीडाको व्यापार पो गरिएछ ।’

आफूमाथि गलत तरीकाबाट सहानुभूति राखिएकामा उनले दुःख प्रकट गर्दै  आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि सर्वथा झुटो भएको बताइन् । अधिकारी–भट्टराईका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए ।

उनले भने ‘आधिकारिक रुपमा १।४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ । हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो ।’

‘पाथीभरा जाने कुरा नै थिएन । पाथीभराको कुरा किन ल्याइयो रु घटना भएको दुई तीन घण्टाभित्र नै किन यस्तो कविता र स्वरसहितको भिडियो बाहिरै ल्याइयो । लेख्न र रेकर्ड गर्न पनि त केही समय लाग्यो होला ।

एकदम रहस्यमय लागिरहेको छ’, विराजले भने “यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गरेको हो उनको खोजी हुनुपर्छ र छानबीन गरिनुपर्छ ।’

अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबीनको दायरामा ल्याउनुपर्ने बताए ।

आचार्यले भने ‘यो परिवार र आफन्तजनको समवेदनामाथिको प्रहार हो । विशेष गरी युट्युबमा पछिल्लो समय विभिन्न उत्तेजित र भ्रम सिर्जना गर्ने शीर्षक राखेर सब्सक्राइब गर्ने नराम्रो प्रचलन बढेको छ । यसमा विद्या भट्टराई पनि पर्नुभयो । यो साह्रै निन्दनीय छ । यी र यस्ता खालका गतिविधि तत्काल रोक्न र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस