पर्सा । जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसि मियाँ रहेका छन् ।
वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।