९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च अदालतमा १७ न्यायाधीशको नाम सिफारिस

अ+ अ-

काठमाडौं । उच्च अदालतको रिक्त पदका लागि १७ न्यायाधीशको नाम सिफारिस गरिएको छ । आज बसेको न्याय परिषदको बैठकले रिक्त पदका लागि नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा बैठक बसी न्याय सेवाका विशिष्ट श्रेणीबाट नायव महान्यायाधीवक्ता किरण पौडेललाई उच्च अदालत पाटन, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई हैटौंडा र कानुन मन्त्रालयका उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरेको छ।

साविक पुनरावेदन अदालत पूर्व अतिरिक्तबाट निलम पौडेल परेका छन्। जिल्ला न्यायाधीशबाट राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेज आजात, बालमुकुन्द दवाडी र नगेन्द्र लाभ कर्ण रहेका छन्।

कानुन व्यवसायीबाट जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया सिफारिसमा परेका छन्।

यस्तै, बैशाखबाट अनिवार्य अवकाश पाउँदै गरेका उच्च अदालतका न्यायाधीश उमेशराज पौडेलको पदमा अधिवक्ता अञ्जु ढकाललाई सिफारिस गर्ने निर्णय गरेको छ।

परिषदले आजै सर्वोच्चका लागि पनि पाँच स्थायी न्यायाधीश सिफारिस गरेको थियो।