रामेछाप । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इन्चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।
रामेछापको सुनापति गाउँपालिका इन्चार्ज लोकबहादुर रानामगरले बुधबार कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
रानामगर २०७४ सालदेखि गाउँपालिकाइन्चार्ज बनेका मगरले आफू पार्टीको गतिविधिबाट बाहिर रहेर स्वतन्त्र नागरिक भई सामाजिक सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्ताका नाममा रहेको बैंक खाता र घरजग्गा पहिचान गरी स्रोत नखुलेको सबै सम्पत्ति रोक्का गर्न प्रक्रियासमेत अघि बढाइसकेको छ ।







