९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार

अ+ अ-

सुर्खेत । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् ।

अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउनेछन् ।

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको साटो व्यावसायिक कृषिसम्बन्धी प्रस्ताव पेश गरेमा ती स्थानीय तहले मल, बीउ, सिँचाइ सुविधा र बजारको ग्यारेन्टी गर्ने निर्णय गरेका छन् ।

पञ्चपुरीका नगर प्रमुख उपेन्द्रबहादुर थापाले घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको बताए । ‘यसअघि मदिरा नष्ट गर्दा नियन्त्रण नभएपछि प्रोत्साहनका लागि मदिरा बनाउने भाँडा नै किन्ने निर्णयमा पुगेका हौँ,’ उनले भने, ‘घरघरमै उत्पादन गरिने हुँदा विकृति–विसङ्गतिका घटना मात्र बढ्न थाले, त्यसको अन्त्यका लागि भाँडाकुँडा किन्ने जुक्ति निकाल्यौँ ।’

ती स्थानीय तहले मदिरा उत्पादन गर्नेलाई आत्मनिर्भर बनाउने योजना अघि सारेका छन् । चौकुनेका अध्यक्ष धीरबहादुर शाहीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा स्थानीय तहलाई नबुझाए सरकारी सेवा–सुविधा रोक्ने बताए ।

उनले भने, ‘स्वतः स्र्फूत भाँडा बुझाए गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन रकम दिनेछ, यदि अटेर गरे थप जरिवाना तिर्न लगाइनेछ ।’ यसैबीच पञ्चपुरी र चौकुनेबाट आव ०७५/७६ को हालसम्मको अवधिमा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । (रासस)