झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान चट्याङ लाग्दा एक जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका—१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक राउतकी श्रीमती सुनिता राउत र उनकी भाउजु मञ्जु राउत घाइते भएका छन्। घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।
बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।






