२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा संस्कृति संरक्षणमा जुटौँ : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आज आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आज उद्घाटन गर्दै उनले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्ध हुने उल्लेख गरे ।

‘कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ, पछिल्लो समय भाषा सङ्कटमा पर्दै गएको छ । भाषा लोप हुँदै गए हामी पनि कमजोर हुन्छौँ, त्यसैले अब ढिलो नगरिकन आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षण गर्न जरुरी छ’, उपराष्ट्रपति पुनले भने ।

उनले मुलुकमा सबैखाले क्रान्ति तथा संघर्षमा साहित्यकार तथा कलाकारको विशिष्ठ योगदान रहेको भन्दै कला र साहित्यका माध्यमबाट मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन स्रष्टा तथा सर्जकलाई आग्रह गरे ।

उपराष्ट्रपति पुनले जनताको जीवनमा परिवर्तन हुने गरी देशलाई समृद्ध बनाउन उत्पादन वृद्धिमा आधुनिक प्रविधिको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुलुक परिवर्तनका लागि भएका विभिन्न संघर्षमा कला र साहित्यिक क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको भन्दै अबको समृद्धिको यात्रामा पनि प्रागीक क्षेत्रबाट थप प्रभावकारी योगदान हुन जरुरी छ भने ।

पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको समृद्धिको अभियानमा ससाना कामबाटै सबै स्थानबाट सकारात्मक र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का प्रदेश सदस्यद्वय रामेश्वर फुयाँल र कृष्ण राईले समृद्ध नेपाल निर्माणका लागि भौतिक निर्माणसँगै भाषा, कला र साहित्यको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समृद्ध नगरका लागि निर्माण अभियान शुरु गरिएको जानकारी गराउँदै भाषा र संस्कृतिको संरक्षणलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

जया मल्टिपल कलेजका प्रिन्सिपल भवानीप्रसाद पौडेलले शिक्षा, कला र संस्कृतिको माध्यमबाट आर्थिक समृद्धिको अभियानमा योगदान गरिनुपर्ने बताए ।