२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालीगुराँस टिप्न रोक

अ+ अ-

जुम्ला । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ ।

नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।

जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । उनले भने, “गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको दूरीमा पर्छ, आन्तरिक तथा बाह्य पर्यटक फूल हेर्न जान्छन्, चुँडेर लैजान्छन्”, उनले भने, “वर्षेनी फूल चुँडेर ल्याउँदा लालीगुराँसको बोट नै सङ्कटमा परेको छ, राष्ट्रिय फूल लालीगुराँसको अस्तित्व बचाउन पनि वन समिति कठोर बनेको हो ।”

उनका अनुसार फूल टिपेर सौन्दर्य बिग्रिन थालेको र लालीगुराँसले राताम्य हुने समयमै फूल टिपेर उजाड हुन थालेपछि बाध्य भएर वन समिति यो अभियानमा लागेको हो । उनले राष्ट्रिय फूल लालीगुराँसले वनको शोभा बढाइरहेको र फूल हेर्न जानेले फूल नै चुँडेर ल्याउन थालेपछि वन समितिले कसैले पनि फूल चुँड्न नपाउने गरी प्रतिबन्ध लगाएको बताए ।

उनले भने, “उपभोक्ता समितिले सार्वजनिक सूचना जारी गरी फूल टिप्न प्रतिबन्ध लगाएको हो । वन क्षेत्रमा अहिले गुराँस फुल्ने समय शुरु भएको छ । फुलेका गुराँसको सौन्दर्य हेर्न जानेले जथाभावी फूल टिपेर लैजाने गर्दा गुराँस मासिने र सौन्दर्य गुम्ने खतरा बढ्यो । त्यसैले जङ्गलमा जानेले लालीगुराँस चुँड्न पाउने छैनन् । वनमा लालीगुराँस भएको ठाउँमा गएर फोटो खिच्न पाउँछन् । तर चुँडेर ल्याउन पाउने छैनन् । वन उपभोक्ता समिति लालीगुराँस संरक्षणमा जुटिसकेको छ ।”

अध्यक्ष सार्कीले गुराँसको फूल टिप्नेलाई हदैसम्मको कारवाही गर्ने चेतावनी दिए । “गुराँस हेर्न मात्र पाइने, टिप्न नपाइने नियम बनाएका छौँ”, सार्कीले भने, “फूल टिप्न प्रतिबन्ध लगाएपछि यस क्षेत्रको गुराँस वनको संरक्षणमा सहयोग पुग्ने भएको छ ।” यतिबेला जुम्लाका वनमा गुराँस फुलेकाले वनपाखा राताम्मे भएका छन् । बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ ।

शुक्रबार र शनिबार ढाणथपला वनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भीड लाग्छ । फूलको थुँगा टपक्क टिपेर शीरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन् । हिजोआज ढाणथपला वनमा गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन् । कर्णाली प्राविधिक शिक्षालय पनि सो वनक्षेत्रमै पर्ने भएकाले त्यो क्षेत्र अहिले निकै चर्चामा छ । लालीगुराँस राष्ट्रिय फूल भएकाले फूलको सम्मान गर्न सबैले जान्नुपर्नेमा जोेड दिइएको छ । जुम्लामा रातो र सेतो दुवै प्रकारको गुराँस पाइन्छ । जिल्ला भित्रिने अतिथिलाई लालीगुराँसको माला लगाएर स्वागत गर्ने मान्यता छ । यो समयमा विद्यालयबाट भागेर भए पनि लालीगुराँस खेल्न बालबालिका जङ्गल पुग्छन् ।