२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनाले अन्नबाली नष्ट

अ+ अ-

गलेश्वर । म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुर्‍याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती जोड्ने ग्रामीण सडकसमेत प्रभावित भएको स्वास्थ्यचौकीका अहेव बबरजंग पालले जानकारी दिए ।

‘खेतभरि हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षति पुगेको छ’, पालले भने । उनका अनुसार बरञ्जाको ग्रामीण सडक वर्षात्को समयमा जस्तै अवरुद्ध हुनुका साथै सडक आसपासका क्षेत्रमा पहिरो गएपछि खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानीकोसमेत समस्या भएको छ । पहिराले वडा नं ४ को दुर्दी, भित्रीवन, महेशगाउँ, धापुङलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ भने पहिराले खानेपानीका लागि प्रयोग गरिएको पाइप बगाएपछि घरघरमा रहेका धारामा खानेपानीको आपूर्तिसमेत बन्द भएको महेशगाउँका स्थानीय कृषक दलबहादुर पुनले जानकारी दिए ।

दैनिकजसो असिना पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको वडा नं ४ का अध्यक्ष ओमबहादर रोकाले बताए । असिनापानी र हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन जारी रहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास जारी रहेको वडाध्यक्ष रोकाले जानकारी दिए ।

यता गाउँपालिकाले असिनापानीका कारण अस्तव्यस्त भएका क्षेत्रमा सडक र खानेपानीसहित स्थानीयलाई सहज आवतजावत हुने गरी काम गर्ने जनाएको छ । केही दिनयता हिउँदभरिको खडेरीका कारण खेतीबारीमा बालीनाली फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांश क्षेत्रमा करोडौँको क्षति पुगेको छ । प्रहरीमार्फत क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए ।

बेनी नगरपालिका, मङ्गला, मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पूरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको मागसमेत गरेका छन् । रासस