धनकुटा । डुंगा पल्टिएर धनकुटामा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो ४ बजे धनकुटाको सहिदभूमि गाउँपालिका १, बिरिनटारस्थित तमोर नदीमा र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ वर्षीय रामबहादुर गुरूङको मृत्यु भएको हो ।
गुरुङलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।







