काठमाडौं । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यहि चैत २६ गते २०:१५ बजे काठमाडौं महानगरपालिका ३१ तिनकुनेमा रहेको NCC बैंकको शाखा कार्यालयमा रहेको ATM मेसिन फोडी चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ ।
निजको साथबाट प्रहरीले ATM फुटाउन प्रयो गर्ने हतौडा थान १ फलामको छिनो १ थान र मार्तोल १ थान बरामद गरेको छ । घट्ना सम्बन्धमा अनुसन्धान भई रहेको छ ।







