२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा टेबलटेनिस शुरु

अ+ अ-

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो दिन आज दाङको घोराहीमा टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पूर्वखेलकूद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरे ।

सो अवसरमा पूर्वमन्त्री श्रीपाइलीले पूर्वाधार अभाव रहेको कठिन समयमा राष्ट्रिय खेलकूद प्रतियोगिता आफूले प्रदेश नं– ५ लाई हस्तान्तरणको वातावरण मिलाएको बताए । उनले यस बीचमा प्रदेशले खेलकूदका प्रशस्त भौतिक पूर्वाधार निर्माण गरेको बताए ।

राष्ट्रिय खेललाई खेलकूदको महोत्सवका रुपमा लिन उनले खेल आयोजक, खेलाडी र खेलप्रेमीलाई आग्रह गरे। ‘राष्ट्रिय खेललाई देशकै गहनाको रुपमा लिनु पर्छ’, मन्त्री श्रीपाइलीले भने, ‘राष्ट्रिय खेलकूद प्रतियोगिता देशको पहिचान हो । यसको आधारमा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’

टेबलटेनिस प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भाग लिएका छन् । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीका अनुसार उक्त खेलमा ५४ महिला र ५४ पुरुष खेलाडीले भाग लिँदै छन् ।

टेबलटेनिस प्रतियोगिता यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा टेबलटेनिससँगै बास्केटबल, फुटबल, महिला क्रिकेट, कराते र एथलेटिक्सका खेल हुने छन् ।