८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरोज यादवको विजयी सुरुवात

अ+ अ-

प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । १२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजि गरे ।

यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव बिद्यासागर पोखरेलले जानकारी गराए ।

यस्तै जित हात पार्दै अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गरे । यसैगरि प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमल देव यादवलाइ पराजित गरे ।

६१ केजी तौलमा प्रदेश ७ का अर्जून गुरुङ्ग, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र प्रदेश ५ का भुनेश्वर यादवले पनि जित निकाले । अर्जूनले प्रदेश १ का आनन्द राजबंशी, जादुले सेनाका अर्जून बोहरा, भागवतले प्रदेश ७ का सुरज थापा मगर र भुनेश्वरले प्रदेश २ का जय मंगल यालवलाई हार चखाए ।

कपिलबस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ्ग र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे । यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले ।

५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे । ५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशिला चन्द, ६५ केजीमा प्रदेश ७ की निरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले । शान्ति भारोत्तोलन खेलकी खेलाडी समेत हुन् ।

प्रतियोगिताको नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सविच कृष्ण प्रसाद देवकोटाले पनसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।