२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको विकासका लागि किसान–सरकार हातेमालो कार्यक्रम

अ+ अ-

सुर्खेत । गरीबी न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

प्रदेशभित्रका १० जिल्लामा सबैभन्दा बढी गरीब भएका स्थानीय तह र त्यसमा पनि गरीब वडा छनोट गरी त्यहाँ गरीबी न्यूनीकरणका नमूना कार्यक्रम सञ्चालन गर्ने कार्यको थालनी गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए।

प्रदेशको कृषि ब्यवसाय, प्रवद्र्धन सहयोग तथा तालीम केन्द्रद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रदेशस्तरीय योजना तर्जुमा, कार्यविधि निर्माण तथा कार्यान्वयनसम्बन्धी तालीम’ को शुक्रबार समापन गर्दै उहाँले जनताको सेवा गर्नु नै कर्मचारीको अर्जुनदृष्टि हुनुपर्नेमा जोड दिए ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका प्रवक्ता केसीले विगतमा सञ्चालन भएका कार्यक्रमबाट वास्तविक किसानभन्दा पनि बिचौलिया र टाठाबाठा लाभान्वित भएको उल्लेख गर्दै लक्षित वर्गसम्म पुग्ने गरी अबको कार्यक्रम सञ्चालन हुनुपर्ने बताए ।

सबैको सहकार्यले विकास सम्भव

विगतमा उचित समन्वय नहुँदा योजना, कार्यक्रम तथा बजेटमा दोहोरोपना देखिएको उल्लेख गर्दै प्रवक्ता केसीले मुलुकको विकास र समृद्धिका लागि तीन वटै तहका सरकार बीच उच्चस्तरको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

बजेट कार्यान्वयन तथा प्रदेश र स्थानीय तहबीचमा उचित समन्वय तथा सहकार्य गर्न सहजहोस् भनेर मन्त्रालयले प्रदेशभित्रका सबै स्थानीय तहका कृषि तथा पशुसेवाका प्रमुखलाई समन्वयात्मक बैठक तथा तालीमको आयोजना गरिने पनि उनले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारका कृषि विज्ञ डा कृष्ण पौडेलले कर्णालीलाई जैविक प्रदेश बनाउन जनचेतनामूलक अभियान सञ्चालन गर्ने बताउनुभयो । जनस्तर र किसानले जबसम्म अर्गानिकको बारेमा बुझ्दैनन र रासायनिकप्रतिको बुझाई फरक हुँदैन तबसम्म कर्णालीलाई अर्गानिक बनाउन कठिनाइ हुने भनाई उनको छ ।

सबैभन्दा पहिला व्यावसायिक किसानलाई अर्गानिकको महत्व र रासायनिक विषादीको असरका बारेमा बुझाउनुपर्नेमा उनले जोड दिए ।