काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिइरहेको बताएका छन् ।
नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र,
राष्ट्रिय एकता र सम्मान’ सुखीपन’का सूचक भएको बताए । उनले भने ,‘हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।’
उनले भ्रष्टाचार विरुद्धको लडाईँ चुनौतीपूर्ण रहेको भन्दैै यसले लामो समय लिनेसमेत बताए । उनले भने,‘जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु’
प्रधानमन्त्री ओलीले बेथीति र भ्रष्टाचार विरुद्धको अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति आभार प्रकट गरेका छन् ।
यस्तै उनले भ्रष्टाचार सुशासनको सत्रु भएकोसमेत बताए । ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने मेरा दृढ सार्वजनिक घोषणा हो ।’उनले भने, ‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं ।’
सम्बोधन पूर्णपाठ :







