२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खोलौं बैंक खाता’ अभियान सुरु

अ+ अ-

काठमाडौं । सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ । सरकारले ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरेको हो ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको औपचारिक शुभारम्भ गरेका छन् ।

वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको र यसको पहिलो खुड्किलो बैंक खाता हो भन्ने निष्कर्षसहित सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको हो ।

खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने र आफूले खोलेको खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् ।

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खाता खोल्दा उपलब्ध गराइने एक सय रुपैयाँको मात्र भर नपरेर आफूले पनि एक सय रुपैयाँ राख्न आग्रह गरे ।

वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएका कारण सरकारले यो कार्यक्रम शुभारम्भ गरेको भन्दै उनले सबैलाई बैंकमा खाता खोल्न आग्रह गरेका छन् ।

नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्र वा अन्य कागजातबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।

कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा बैंकका शाखामा निःशुल्क खाता खोल्न सकिन्छ ।

यस्तै नबिल, एनसीसी, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, प्रभु, प्रिमियर, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड र सनराइज बैंकका कुनै पनि शाखाबाट आफ्नो खाता खोल्न सकिने छ ।