१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसेवालाई प्रविधिमैत्री बनाइने : मन्त्री अर्याल

अ+ अ-

बेझाड । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताएकी छन् । पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताइन्।

उनले अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने बताइन् । सफ्टवेयर विकास गर्नमा ढिलाइ भएको बताउँदै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको बताइन् ।

‘मालपोत र नापी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले निकै सास्ती भोग्नु परेको समस्या अवगत छ, अब देशैभर डिजिटल प्रविधिबाट सेवा प्रवाह गरी आधा घण्टादेखि ४५ मिनेटमा सेवा लिएर फर्कने खालको नमूनाकार्य गर्न लागेको छौँ” मन्त्री अर्यालले भनिन्।

पहिलो वर्ष आधार र कानून निर्माण गर्दैमा बितेको बताउँदै अब सरकार मुलुकको समृद्धिमा लागेको मन्त्री अर्यालले बताइन्। उनले मुलुकलाई अन्य देशसँग प्रतिस्पर्धा गरी अबको २० वर्षभित्रमा अन्य देशका युवालाई नेपालमा रोजगारका निम्ति आउने बाटो सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

रवीना कन्ट्रक्सन प्रालिले २०७३ असार १२ गते सम्झौता गरी ३६ कोठा र १४ शौचालयसहितको भवन रु ४ करोड ७९ लाख ५७ हजार ५१९ को लागतमा काम गरेको हो ।

कार्यक्रममा भूमि व्यवस्था तथा महालेखा निर्देशनालयका महालेखा निरीक्षक गोकर्णमणि दुवाडीले पाल्पा रामपुरको यस कार्यालय ५५औँ अनलाइन सेवाका रुपमा शुभारम्भ गरिएको बताए ।