२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७० वर्षमा सक्रिय महिला जनप्रतिनिधि

अ+ अ-

लमही । दाङ तुलसीपुर उपमहानगरपालिका–९ का वडासदस्य धनकुमारी भुसाल आउँदो जेठमा ७० वर्ष पुग्दै छिन् । तुलसीपुरको नगरसभामा उनी नै सबैभन्दा वृद्ध महिला सदस्य छिन् ।

सेतै फुलेको कपाल र अनुहार चाउरी परे पनि उनको विकास निर्माणप्रतिको माया भने खुम्चिएको छैन । बिहानदेखि साँझसम्म विकासकै काममा खटिन्छिन् । ‘बिहानै उठेर साँझ अबेरसम्म जनताकै घरदैलो र काममा खटिन्छु,’ उनले भनिन् । विसं २०४६ देखि सामाजिक काममा सक्रिय भुसालले सामाजिक कामलाई नै निरन्तरता दिएकैले अरुलेभन्दा धेरै मत ल्याएर विजयी भएकी हुन् ।

‘विद्युत्का पोल गाड्ने ठाउँमा नै पुग्छ, सडक विस्तार हुने ठाउँमा पुग्ने गरेकी छु,’ उनले भनिन् । नेपाली काङ्ग्रेसका तर्फबाट वडा सदस्यमा विजयी भुसाललाई ७० वर्षमा अझै विकासकै चिन्ता छ ।

‘मैले यसअघि वन, विद्यालय, टोलको पनि नेतृत्व गरे, ६/७ वर्ष स्वास्थ्य स्वयंसेविका भए, त्यतिबेला जनताका लागि धेरै संघर्ष गरेँ,’ उनले भनिन्, ‘तर अहिले वडाको अभिभावकका रुपमा काम गरिरहेकी छु ।’

उनले स्थानीय सरस्वती टोल, सल्ली वन महालक्ष्मी सामुदायिक वन, स्थानीय सरस्वती विद्यालयको अध्यक्ष भएर काम गरिसकेको बताइन् । २०४६ सालमा कांग्रेसको तत्कालीन तुलसीपुर नगरपालिका–९ को वडा सभापति भुसाल अहिले पार्टीमा सक्रिय छिन् । उनी अहिले वडा नं ९ को पार्टी सदस्य छिन् ।

विगतमा कुलानाला, सडक निर्माण, विद्यालयको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेकी छन् भुसालले अब वडाका सबै सडक कालोपत्र गर्ने योजना रहेको बताइन् ।

उनले आफू वृद्धावस्थामा पनि विकास निर्माणको काममा सहभागी हुन पाउँदा सन्तुष्ट भएको बताइन् ‘म जस्ता धेरै वृद्धवृद्धाहरु काम गर्न नसक्ने अवस्थामा पुगिसकेकी छन्,’उनले भनिन्, ‘तर म अझै पनि विकास निर्माणका काममा सक्रिय छु, यही नै मेरो लागि ठूलो सौभाग्य भएको छ ।’ आफूले काम गर्न सक्दासम्म वडाको विकासमा नै समर्पित हुने उनको सोच छ । ‘कक्षा ४ मा पढ्दै थिए, त्यतिबेला बुबाआमाले विवाह गरिदिनुभयो, त्यहाँदेखि मैले पढ्न पाइनँ,’ उनले भनिन् ।

माथिल्लो स्तरसम्म पढ्न नपाउँदा अहिले आफूलाई पछुतो लागेको उनी बताउछिन् । पढेको भए अहिले राजनीतिक हिसाबले पनि अगाडि बढ्ने थिएँ ।’पहिले पढ्नु पर्छ भन्ने चेतना भएन,’ उनले भनिन्, ‘त्यतिबेला पढेको भए अहिले राजनीतिक हिसाबले म धेरै अगाडि पुगिसक्थेँ ।’