२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ राष्ट्रिय खेलकूद : लनटेनिसतर्फ एनआरएनएलाई स्वर्ण

अ+ अ-

बुटवल । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत १५औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका संरक्षकभूषण बज्राचार्यले स्वर्ण पदक जितेका छन् ।

बुटवलमा सम्पन्न पुरुष एकल लनटेनिसको फाइनलमा बज्राचार्यल त्रिभुवन आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ अङ्कको सोझो सेटमा हराए । खनालले रजत पदकमै चित्त बुझाए । उक्त स्पर्धामा गण्डकी प्रदेशका प्रदीप खड्का र एपीएफ क्लबका सन्तोष खत्रीले कास्य पदक पाए ।

यस्तै महिला एकल लनटेनिसको उपाधि एपीएफ क्लबकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा उनले त्रिभुवन आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । त्रिभुवन आर्मीकी इरा रावत तथा प्रदेश ३ की रायना शाहले कास्य पदक पाए ।

यसैगरी पुुरुष युुगल इभेन्टस्तर्फ एपीएफ क्लबका जितेन्द्र परियार र आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक जित्यो । गण्डकी प्रदेशका प्रदीप खड्का र नबिन मगरको जोडीले रजत, गण्डकी प्रदेशकै धरम लामीछाने र अनील शाही तथा एपीएफ क्लबका छेवाङ लामा र सन्तोष खत्रीको जोडीले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला युगलतर्फ एपीएफ क्लबका सलोनी तामाङ र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक प्राप्त गरे । एपीएफ क्लबकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत, गण्डकी प्रदेशकी श्रीया भट्टराई र रोमीका बुद्धाचार्यको जाडी तथा त्रिभुवन आर्मीकी अभिलाशा विष्ट र आइरा एम रावतको जोडीले कास्य पदक जिते ।

यसैगरी मिश्रित इभेन्टस्मा एपीएफ क्लबका आईभन्हो लिसानोभीच र अस्लेसा लिसानोभीचको जोडीले स्वर्ण पदक तथा त्रिभुवन आर्मीका प्रणब खनाल र अभिलाशा विष्टको जोडीले रजत, गण्डकी प्रदेशका अनिल साई र गङ्गा शर्माको जोडी तथा त्रिभुवन आर्मीका अभिनव आचार्य र आईरा एम रावतको जोडीले कास्य पदक प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रदेश ५ का प्रदेशसभा सदस्य तथा नेकपाका प्रदेश प्रमुुख सचेतक भुमिश्वर ढकाल, लनटेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, जिल्ला खेलकूुद विकास समितिका अध्यक्ष योग गुरुङ, बुटवल उपमहानगरपालिका– ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायतले प्रमाणपत्र तथा शिल्ड प्रदान गरेका थिए ।