चितवन । पूर्वी चितवनमा गुडिरहको बसमा आफैँ आगलागी भएको छ ।
सोमबार साँझ ८.३० बजे पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० सिँचाइ गेट नजिकै भरतपुरबाट मर्मत गरी टाँडीतर्फ जाँदै गरेको ना५ख ३८६८ नंको बस गुडिरहेको अवस्थामा आफैं आगलागी भएको प्रहरी जनाएको छ ।
बसका चालक र सहचालक मात्रै भएकाले मानवीय क्षति नभएको तर बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ ।







