२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक क्षेत्रलाई जोडिने

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवर्द्धन गरिने भएको छ ।

सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली विकास समितिले भम्केनीलाई भीमदत्त नगरपालिका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९ र १० लाई धार्मिक क्षेत्रसँग जोड्नका छलफल अगाडि बढाएको छ । नगरपालिकाको उत्तरी क्षेत्रका सबै धार्मिक मठमन्दिर समितिका पदाधिकारी, पुजारी र जनप्रतिनिधिसँग कार्यक्रम गरी धार्मिक पर्यटकीय सर्किटका लागि बृहत् भेला गरी समिति गठन गर्ने निर्णय गरिएको छ ।

नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाइमा स्थापना गरिएको भम्केनीधामलाई सरकारले केही महीनाअघि सय पर्यटन गन्तव्यमा सूचीकृत गरेको थियो ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रभित्रका सबै धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धनका लागि धार्मिक सर्किट बनाउन नगरपालिकाले कार्य अगाडि बढाउने बताए।

रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोड्नका लागि नगरपालिकाले जैविक धार्मिकमार्ग निर्माण गरेको छ । यस कार्यले भम्केनीसहित अन्य क्षेत्रका धार्मिक पर्यटकीयस्थल जोडिएर पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनीधाम, झिलमिला ताल र सिद्धनाथ मन्दिरलगायतका उत्तरी क्षेत्रका धार्मिक क्षेत्रको विकास र संरक्षणका लागि नगरपालिकाले पूर्वाधार निर्माणलगायतका कार्यलाई प्राथमिकता दिएको छ ।

भम्केनीधाममा निर्माण शुरु गरिएको नेपाल आमाको मूर्तिका लागि नगरप्रमुख विष्टले एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । भम्केनीबाट ताराकोटसम्म पदमार्ग निर्माण, खानेपानी व्यवस्था र शौचालयलगायतका पूर्वाधार निर्माणमा नगरपालिकाले कार्य अगाडि बढाउने जनाएको छ ।