२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्वपीडितलाई सीपमूलक तालीम

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्वपीडितलाई सीप विकास तालीम दिने प्रक्रिया शुरु गरेको छ । चालू आर्थिक वर्षमा विनियोजित रु दुई करोड ५० लाख बजेटअन्तर्गत १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्ति तथा तिनका परिवारलाई सीपमूलक तालीम प्रदान गर्न लागिएको हो ।

मन्त्रालयका सचिव गङ्गाराम गेलालले पहिलो चरणमा तथ्याङ्क सङ्कलन, आवश्यकता पहिचान र दोस्रो चरणमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) सँग तालीम सम्झौता गरिने जानकारी दिए। आवासीय तालीम भएकाले प्रदेश राजधानी सुर्खेत वा नेपालगञ्जमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रालयले द्वन्द्वपीडित युवाका लागि लामो अवधिको मोटरसाइकल मेकानिक्स, प्लम्बर, लाइट भेहिकल मेकानिक्स, विल्डिङ इलेक्ट्रिसियन र छोटो अवधिको वेटर्स, वेट्रेस, होटल असिस्टेन्ट, फर्निचर मेकर, बार बिन्डर, इण्डस्ट्रियल इलेक्ट्रिसियन तालीम लिन इच्छुकहरुसँग आवेदन मागेको छ । त्यस्तै, महिलाले एसी मेकानिक्स, सहायक ब्यूटीसियन, लाइब्रेरी सहायक, मन्टेश्वरी र कम्प्युटर हार्डवेयर टेक्निसियनमध्ये कुनै एक रोज्न सक्नेछन् ।

द्वन्द्वपीडित व्यक्ति स्वयंको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइँसराइ भए सोको प्रतिलिपि तथा द्वन्द्वपीडित परिवारका सदस्यको हकमा द्वन्द्वपीडित व्यक्तिसँगको नाता प्रमाणित प्रतिलिपिलाई आधार मानेर सहभागी छनोट गरिने सचिव गेलालले बताए । प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले सीपमूलक तालीमको व्यवस्था गरेको हो । रासस