२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापमा २८ हजार घर बने

अ+ अ-

रामेछाप । गोरखा भूकम्प गएको चार वर्षमा रामेछापमा करीब २८ हजार निजी आवास निर्माण भएका छन् । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका सूचना प्रविधिविज्ञ (एमआइएस) का प्रमुख सुरेन्द्र यादवका अनुसार सम्झौता भएका जिल्लाका ४६ हजार ६७८ लाभग्राहीमध्ये २८ हजार ४०८ लाभग्राहीले मात्रै निजी आवास निर्माण गरेका हुन् ।

जिल्लाका कूल लाभग्राहीमध्ये अन्तिम किस्ता लिइसकेका चार हजार ३६२ परिवारको पनि घरनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका आठ हजार बढीले तेस्रो किस्ता लिन बाँकी रहेको कार्यालयले जनाएको छ । उनीहरुमध्ये कतिपय लाभग्राहीले घरको जग उठाएर लामो समयदेखि निर्माण अगाडि बढाएका छैनन् । कूल लाभग्राहीमध्ये ४३ घरपरिवारले भने पहिलो किस्ताको रु ५० हजार पनि नबुझेको कार्यालयले जनाएको छ ।

घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएकामध्ये पाँच हजार ५०० लाभग्राही भने सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै शुरु नगरेको जनाइएको छ । यस्तै भवन निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता रु ५० हजार लिएका १३ लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापले जनाएको छ ।