२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकिकृत घुम्ती शिविरमा ८ सय २७ नागरिकता वितरण

अ+ अ-

डोटी । डोटीको जोरायल गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरमा ४ सय ७५ जना महिला र ३ सय ५३ जना पुरुष गरी आठ सय २७ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको छ ।

जोरायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा मंगलबारदेखि संचालन गरिएको एकिकृत घुम्ती शिविरमा ठुलो परिणाममा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको जोरायल गाउँपालिकाको कार्यालयले जनाएको छ ।

शिविरमा ८ सय २७ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् त्यसै गरि ६९ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच,६२ जनाले आर्युवेद सेवा, एक सय ३३ पशु सेवा, ६० जनाले कृर्षि सेवा सम्बन्धिका सेवाहरु प्रदान गरिएको जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले बताए ।

जनताको घर दैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्व सुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवंम शिविर संयोजक टेकनारायण पौड्यालले बताए ।

उनले भने ‘ग्रामिण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त भएको छ आगामी दिनमा पनि स्थानीय तहहरुसंग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती शिविर संंचालन गर्न सकीनेछ ।

”जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार जिल्लाका ग्रामिण भेगमा .संचालन गरिएका शिविर मध्यमा सबै भन्दा बढी नागरिकता बितरण गरिएको समेत संयोजक पौडेलले बताए ।

शिबिरमा १६ वर्ष उमेर पुगेका देखि सबै भन्दा बढी जोरायल गाउँपालिका वडा नम्बर २ का पुरन सिंह खत्रीले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाण पत्र प्राप्त गरेको छ भने ५ जना अपा¨गता भएका ब्यक्तिहरुले पनि नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका बिच सहकार्य गरेर डोटीमा पहिलो पटक बोगटान गाउँपालिकाबाट सुरु गरिएको एकिकृत घुम्ती शिविर क्रमश सायल गाउँपालिका, आदर्श गाउँपालिका हुदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा संचालन गरिएको हो ।