२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह

अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्यरहेका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भने, ‘नेपालमा लगानीको वातावरण बनेको छ, सरकारले लगानीमैत्री नीति तथा कानूनहरु बनाएको छ, त्यसैले नेपालमा लगानी गर्ने यो उत्कृष्ट समय हो ।’

नेपालमा यतिखेर करिब दुई तिहाइ बहुमतको स्थिर सरकार छ र नेपालमा निर्माण हुने नीति नियम र कानूनमा पनि यो स्थिर सरकारको प्रभाव देखिन्छ भन्दै सरकारले वैदेशिक लगानीलाई प्रवर्द्धन गर्नेगरी नीति कानूनहरु निर्माण गरेकोले वैदेशिक लगानीको प्रतिबद्धता पनि आइरहेको उनले बताए ।

नेपालका उद्योगी व्यावसायीहरुको साझा संस्था उद्योग वाणिज्य महासंघको तर्फबाट उक्त संयुक्त मञ्चमा ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता व्यक्त भएकोले नेपालका निजी क्षेत्रका व्यावसायीहरू पनि यसबाट उत्साहित भएको बताए ।

उपाध्यक्ष ढकालले नेपालका उद्योगी व्यावसायीहरु चिनियाँ व्यावसायीहरुसँग काम गर्न इच्छुक रहेको भन्दै सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरुले व्यापारिक, सांस्कृतिक एवं विविध क्षेत्रको सम्बन्ध सुदृढीकरणका लागि काम गरिरहेको जानकारी पनि गराए ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणबाट आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धको विकासका अतिरिक्त नेपालमा चिनियाँ लगानी भित्रिने विषयमा नेपाल सरकारसहित हामी उद्योगी व्यावसायीहरु पनि उत्साहित भएका छौँ’, ढकालले भने ।

उनले भने, ‘साधारणतया लगानीकर्ताहरू अर्थात उद्योगी व्यावसायीहरूले जेजस्तो अवस्था र वातावरण खोजिहिँड्छन् त्यस्तै लगानीका अधिक सम्भावनाहरू नेपालमा छन्, हामी तपाईँहरूलाई नेपालको पूर्वाधार निर्माण, सेवा क्षेत्र लगायतमा लगानीका लागि आह्वान गर्दछौँ ।

नेपाललाई पूर्वाधार निर्माणका कार्य, जलविद्युत, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषिका क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकातर्फ उनले चिनियाँ लगानीकर्तालाई स्मरण गराए ।

नेपाल पनि चीनको महान आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) को अङ्ग बन्न पाउँदा नेपाललाई खुशी लागेको बताउँदै उनले यसबाट दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको प्रवर्द्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपालका उद्योगी व्यावसायीहरूले पनि गरेको सो अवसरमा बताए ।

चीनको महत्वाकांक्षी बिआरआई आयोजनाबाट नेपालजस्ता छिमेकीहरूले प्राथमिकता पाउनुपर्ने धारणा राख्दै उपाध्यक्ष ढकालले भने, ‘आयोजनाले हामीलाई फाइदा पुग्छ भन्नेमा हामी विश्वस्त छौँ ।’